Bhimphedi,Makwanpur,Nepal

शिक्षकले पालना गर्नु पर्ने आचार संहिता

  • १. विद्यालयमा समयमा उपस्थित हुने ।
  • २. बिदा लिदा अगी्रम स्वीकृत गराएर मात्र लिने ।
  • ३. साना भाइबहिनी अर्थात विद्यार्थीलाई भय रहित शिक्षा प्रदान गर्ने ।
  • ४. आफ्नो विषयमा योजना बनाइ अध्यापन गर्ने ।
  • ५. विषय शीर्षक अनुसार क्रियाकलाप गर्ने , गराउने ।
  • ६. विषयवस्तुमा शिक्षक केन्द्रित हुनुपर्ने ।
  • ७. आफ्नो घण्टी अवधिभर पूर्णरुपमा कक्षा संञ्चालन गर्ने ।
  • ८. सबै विद्यार्थीहरुलाई समान व्यवहार गर्नुपर्ने ।
  • ९. अध्यापन गराउँदा मोवाईल स्वीच अफ गर्ने ।
  • १०. धर्म,जाति, लिङ्ग, धनी गरिबको आधारमा भेदभाव नगर्ने ।
  • ११. नियमित रुपमा विद्यालयले निर्धारण गरेको पोशाकमा उपस्थित हुनुपर्ने
  • १२. बालमैत्री शिक्षण विधि अपनाउनु पर्ने ।
  • १३. कुनै राजनीतिक दलको पक्षमा रही विद्यालयमा प्रस्तुत हुन नपाईने ।
  • १४. विद्यालय हाता भित्र ध्रुम्रपान र मदिरापान जस्ता वस्तुहरु प्रयोग गरी आउन नपाउने ।
  • १५. विद्यार्थीहरुलाई झुठ्ठा आश्वासन दिन नपाईने ।
  • १६. आफ्नो विषयवस्तु प्रति दक्ष र लगनशील हुनुपर्ने ।
  • १७. आफ््नो पेशाप्रति निष्ठावान र प्रतिवद्ध हुनु पर्ने ।
  • १८. खाली समयमा अनावश्यक गफ नगर्ने ।
  • १९. व्यक्तिगत स्वार्थ त्यागेर विद्यालय र शिक्षण सुधार प्रति सामुहिक सहकार्य गर्नुपर्ने ।
  • २०. महिनाको १ पटक स्टाफ बैठ्क राखी शैक्षिक विषयमा छलफल गर्नुपर्ने ।
  • २१. शि.वि.तथा स.ई. र वि.व्य.स.को निर्देशन बमोजिम कार्य गर्ने ।