Bhimphedi,Makwanpur,Nepal

विस्तृत कार्यकलाप पहिचान

विद्यालयको निर्धारित दूरदृष्टि र लक्ष्यलाई पुरा गर्नको लागि यस प्रकार सुधार कार्यकलाप सूचकगत रुपमा तयार गरिएको छ ।

५— बर्षे विस्तृत कार्यकलाप तालिका

क्र.स
सुधार कार्यकलाप सूचक
विस्तृत क्रियाकलाप
भौतिक सुविधा अवस्था ६ कोठे कक्षा कोठा भवन र छात्राबास निर्माण विद्यालयमा बिभिन्न संकायका (प्राबिधिक डिप्लोमा, स्नातक) र कक्षा बिभाजन गरि शिक्षामा गुणस्तर बढाउनको लागि भवन निर्माण गर्न नेपाल सरकारसंग माग गर्ने
सिकाई उपलब्धीमा वृद्वि तथा उत्तीर्ण बृद्धि गर्न अतिरिक्त कक्षा संचालन गर्ने , परीक्षा नतीजा विश्लेषण गरी कमीकमजोरी सुधार्ने , खाली कक्षामा खाली पिरियडमा भएको शिक्षकलाई पठाउने , विद्यार्थीको उपस्थितिलाई बढाउने र विद्यार्थी भाग्ने प्रवृत्तिलाई रोक्ने , प्रत्येक पाठको अन्त्यमा परीक्षा लिने व्यवस्था गर्ने ,
आन्तरिक क्षमताको बिकास विद्यार्थीहरु कक्षा छाड्ने प्रबृति रहेकोले सो को कारण घरदैलो कार्य गरी वा छाड्नुको कारण पत्ता लगाई विद्यालयमा ल्याउने पहल गर्ने
शिक्षक विद्यार्थी उपस्थितमा बृद्धि शिक्षकलाई प्रोत्सान स्वरुप संचित बिदाको रकम प्रदान गर्ने, नियमित उपस्थित विदयार्थीलाई पुरस्कारको व्यवस्था गर्ने, शिक्षक र अभिभाबक अन्तरक्रिया गर्ने
शैक्षिक सामाग्री संकलन, निर्माण र प्रयोग विद्यार्थी तथा शिक्षकलाई सक्रिय वनाइ स्थानिय तहमा भएका शैक्षिक सामाग्रीलाई प्रयोगमा ल्याउन जोड दिने
प्राविधिक डिप्लोमा सञ्चालन यस विद्यालयमा सब ओभरसियर १८ महिने प्राबिधिक शिक्षा सञ्चालन भइरहेको र डिप्लोमा ३ बर्षे सञ्चालन गर्न अनुमतिको लागि पहल गर्ने
शिक्षामा स्नातक सञ्चालन विद्यार्थीहरु ११र १२ अध्यापन गरी स्नातक तह अध्ययन गर्न अन्यत्र जानु परेकोले यसै विद्यालयमा सञ्चालन गर्न अनुमतिको लागि पहल गर्ने
बस सञ्चालन विद्यार्थीहरु भौगोलिक बिकटताको कारण नियमित विद्यालय उपस्थित हुन नसक्ने भएकोले बस सञ्चालन गर्न नेपाल सरकारसंग माग गर्ने
बिषयगत प्रयोगशाला शिक्षालाई गुणस्तर बढाउनको लागि विषयगत प्रयोगशाला निर्माण गर्न भवनको लागि नेपाल सरकारसंग माग गर्ने
१० एक शिक्षक एक ल्यापटप र कक्षा कोठा मा प्रोजेक्टरको व्यवस्था शिक्षामा गुणस्तर बढाउनको लागि गा.पा. संग बजेटको माग गर्ने