Bhimphedi,Makwanpur,Nepal
ऐतिहासिक पृष्ठभूमि

ऐतिहासिक पृष्ठभूमि

स्थापना वि.स. २०१४ भएको थ्यो

मकवानपुर जिल्लाको पुरानो सदरमुकाम तथा तत्कालीन समयको काठमाडौँ उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको भीमफेदी बजार एक ऐतिहासिक स्थान हो । राणाकालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेर ज.ब.रा.लेतत्कालीन काठमाडौं र मधेश प्रवेशको मूलद्वार एवम् देशको चलायमान व्यापारिक प्रशासनिक केन्द्रको रुपमा रहेको भीमफेदी देश र परदेशबाट काठमाडौं आउन र जाने सबै खाले यात्रुहरुलाई बासको असुबिधा भएको अवस्थामा सुविस्तासँग बस्न पाउन भनि वि.स. १९८२ सालमा सुरु भइ वि.सं. १९८३ मा एक सुविधा सम्पन्न र व्यवस्थित २ तले १२ कोठा भएको धर्मशालाको रुपमा निर्माण सम्पन्न गरिएको शिलालेखमा भेटिएको छ ।

उक्त ऐतिहासिक भवनमा पछि गएर वि.स. २००४ सालमा पद्म शमशेर ज.ब.रा.ले विद्यालय खोल्ने क्रममा मकवानपुरको तत्कालीन सदरमुकाम भीमफेदीमा पनि विद्यालय स्थापना गरेका थिए । यसरी हेर्दा यस विद्यालयले अहिले ७२ बर्ष पुरानो इतिहास बोकेको देखिन्छ । स्थापनाकालमा “भीम आधार पाठशाला”को नाममा स्थापना भएको यस विद्यालय वि.स. २००७ सालमा मुलुकमा १०४ बर्षे जहानीयाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको बहाली पश्चात वि.सं २००८ सालमा फराकिलो बन्दै वि.सं २०१२ सालमा “आधार हाइस्कुल”मा परिणत भयो र जसमा ८ सम्म पढाइ हुन्थ्यो र त्यसलाई तत्कालीन एस.एल.सी. सरहको मान्यता प्रदान गरिन्थ्यो । वि.सं. २०१२ सालदेखि वि.सं. २०१८ सालसम्म “भीम आधारभूत स्कूल” को नाममा सञ्चालन भयो र वि.स. २०१९ सालदेखि पूर्ण रुपमा सरकारी मान्यता प्राप्त हाइस्कूलमा परिणत भएको विद्यालयको अभिलेखबाट देखिन्छ । वि.स. २०६४ सालमा यस विद्यालयमा एस.एल.सी. परीक्षा केन्द्र कायम भएको र हालसम्म रहिरहेको छ ।

वि.स. २०६८ सालमा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदबाट १०+२ को सम्बन्धन प्राप्त भई शिक्षा शास्त्र सङ्कायको अध्यापन हँुदै आइरहेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९ऋत्भ्ख्त्० बाट मान्यता प्राप्त गरी सब–ओभरसियर (१८ महिने) प्राविधिक शिक्षा समेत शैक्षिक सत्र २०७५ बाट स्वीकृत भई सञ्चालन भइरहेको छ ।

यस विद्यालयमा भूकम्प प्रतिरोधि पक्कि भवन¸म्ीक्ष्एग् बाट निर्मित ४कोठे भवन,पुस्तकालय, प्रयोगशाला, कम्प्युटर ल्याब, बिजुली ,टेलिफोन इन्टरनेट समेत सुविधा रहेको छ । तर ती सुबिधाहरु पर्याप्त नरहेको देखिन्छ । यो विद्यालय हेटौँडा–कुलेखानी–काठमाडौं राजमार्गको छेउमा सहरको कोलाहलबाट टाढा प्रदुषण रहित स्वच्छ र शान्त वातावरणमा शिक्षण गराउने एक उत्कृष्ट शैक्षिक गन्तव्य बन्न पुगेको छ ।समग्रमा यस भेगका जनताको आखाँको रुपमा रहेको यो विद्यालयको आफ्नै समस्या पनि रहेका छन् । विद्यार्थी संख्याको चाप, भौतिक साधन र स्रोतको अभाव, शिक्षक दरबन्दिको कमी¸ कक्षाकोठाको अभाव¸ टाढा टाढाबाट विद्यार्थी आउनुपर्ने भएकाले यातायातको साधन बसको कमी जस्ता विभिन्न समस्याहरुको बावजुद पनि शैक्षिक स्तर गुणस्तरीय बनाउन जमर्को गरी यो विद्यालय अगाडि बढिरहेको छ । बाल विकास देखि कक्षा १२ सम्म सञ्चालित यस विद्यालयमा नमूना विद्यालयको रुपमा विकास गर्न दीर्घकालीन वृहत्तर योजना (गुरु योजना) निर्माण गरेको छ

यस विद्यालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त गरी १८ महिनेसिभिल सव ओभरसियर सञ्चालन भइरहेको डिप्लोमा तहको सिभिल ओभरसियर सञ्चालन गर्ने तयारी रहेको छ । विद्यालयमा अध्ययनरत करिब ६०० विद्यार्थीहरु अध्ययनरत छन् । मकवानपुर जिल्लाकै जेठो तथा नेतृत्वदायी विद्यालयको रुपमा रहेको छ । विश्वभर फैलिएको कोभिड १९ कोरोना भाईरसका कारण विश्व नै आक्रान्त भईरहँदा नेपाल पनि अछुतो रहन सकेन जस्को असर शिक्षा क्षेत्रमा झन धेरै नै रह्यो । जस्को प्रत्यक्ष असर क्भ्भ् २०७६ को परिक्षालाई पर्न गई परिक्षा नै रद्द भयो ।

 

हाम्र्रो विशेषता

  • दक्ष तथा अनुभवी शिक्षक, प्रशिक्षकद्धारा अध्यापन भैरहेको ।
  • Well Resourced Environment
  • पर्याप्त मात्रामा विज्ञान, कम्प्युटर,पुस्तकालय तथा कृषि प्रयोगशालाको व्यवस्था भएको।
  • प्रयोगात्मक शिक्षामा विशेष जोड दिईएको ।
  • पर्याप्त मात्रामा कृषियोग्य भूमि भएको।
  • कक्षा ९-१२ को शिक्षा पश्चात प्रशष्त रोजगारीको सम्भावना भएको ।
  • चट्याङ तथा भुकम्प प्रतिरोधि भवनको व्यवस्था ।
  • छात्राहरुको लागि सेनेटरी प्याड तथा सेनेटरी प्याड भेन्डिङ मेसिनको व्यवस्था।
  • मन्टेश्वरी विधिवाट कक्षा सञ्चालन ।
  • वालमैत्री वातावरणमा शिक्षण सिकाई र वाल उद्ययनको व्यवस्था।
  • श्रव्य दृष्य (अडियो, भिडियो) माध्यमबाट शिक्षण सिकाई।
  • शुद्ध पिउने पानीको लागि यूरो गार्डको व्यवस्था।
  • प्रयाप्त खेलकुद सामाग्री तथा खेल मैदानको व्यवस्था ।
  • विविध अतिरिक्त क्रियाकलापमा जोड तथा इन्टरनेटको सुविधा।
  • प्रयाप्त खेलकुद सामाग्री तथा खेल मैदानको व्यवस्था ।
  • छात्राहको क्षमता अभिवृद्धिको लागि ग्लो क्लव (Glow club) भएको।
  • स्थानीय कृषि उत्पादनलाई आधुनिक उपकरणहरु बाट प्रशोधन गर्ने व्यवस्था।
  • सबै विद्यार्थीहरुको लागि निःशुल्क दिवा खाजाको व्यवस्था।
  • विद्यार्थीहरुको लागि आकस्मिक स्वास्थ्य तथा दुर्घटनामा साधारण प्राथमिक उपचार सहित आराम कक्षको व्यवस्था ।
  • विद्यालयको आफ्नै यातायातको सुविधा ।

श्री बागमती मावि नै किन त ?

व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो । अनुशासनको पालना सबैले गर्नु पर्छ । त्यसकारण यस विद्यालयमा केहिविद्यार्थीहरुमा अनशासनमा कमि देखिएकोले शिक्षण सिकाइमा त्यति प्रभावकारी देखिएन र सिकाइ उपलब्धि बृद्धि गर्न सकिएन । यी कुराहरु सबैमा अवगत भएको हो । २०७६ बैशाखमहिना देखि नै विद्यार्थीहरुमा अनुशासन कायम गरी सिकाई उपलब्धि बृद्धि गर्ने उद्धेश्यले अनुशासन समिति गठन गर्ने निर्णय गरियो । सोहि समितिले तपशिलमा उल्लेख भए अनुसार नियम बनाइ आजैकै मितिबाट लागू भएका छन् ।

95

कार्य अन’भव

83

शिक्षक

312

विद्यार्थी

55

अवार्ड