Bhimphedi,Makwanpur,Nepal

हाम्र्रो भनाई

यस श्री महेन्द्र माध्यमिक विद्यालय भीमफेदी स्रोतकेन्द्रमा यस स्रोतकेन्द्र भित्र रहेका सामुदायिक विद्यालयहरुको प्रधानाध्यापक र वि.व्य.स.अध्यक्ष वा सदस्य गरी जम्मा २ जनालाई मिति २०७१–११–१३ देखि मिति२०७१–११–१५ गते सम्म जम्मा ३ दिन विद्यालय सुधार योजना निर्माण सम्वन्धि तालिम संचालन भएको थियो ।

विद्यालयको चौतर्फी विकास तथा सवैका लागि शिक्षा दिने उदेश्यले विद्यालयमा भएका आ–आफ्ना समस्या पहिचान गरी त्यसको निराकरण गर्न स्थानिय तहमा स्रोतहरुको खोजि गरी सिमित स्रोतको अधिकतम परिचालन गर्दै २०५९ देखि पटक पटक विद्यालय सुधार योजना निर्माण गरिएको थियो । यस योजनाबाट कुनै खास उपलव्धि हासिल हुन नसकेकोले पून वर्तमान अवस्थामा विद्यालय सुधार योजना क्क्च्ए द्वारा निर्धारीत अधिकांश लक्ष्य पूरा गर्न सक्षम सुधार संयन्त्र रुपमा आत्मासात गरिएको छ । समुदायद्वारा सहजीकृत विद्यालयमा आधारीत व्यवस्थापनको अवधारणा वमोजिम यस्तो सुक्ष्म एवम् योजना निर्माण र यसको कार्यान्वयनलाई नेपालका सम्पूर्ण विद्यालयहरुमा अनिवार्य गरिएको छ ।

यस विद्यालय सुधार योजनामा खास गरि नीतिगत एवम् कार्यविधिगत , योजना दस्तवेज, तथा योजना कार्यान्वयनका लागि आवश्यक पक्षहरुलाई समावेश गरिएको छ । यस योजनामा एतिहासिक सन्दर्भ, शैद्धान्तिक अवधारणा हालसम्मको उपलव्धि, वर्तमान समयको योजना निर्माण प्रस्तुत गरिएको छ ।

यस विद्यालय सुधार योजना निर्माण गर्न आवश्यक सल्लाह सुझाव तथा दिशा निर्देशन गर्नुहुने वि.व्य.स ,शि.अ.स. ,शिक्षक,विद्यार्थी अभिभावक तथा तालिमका सहजकर्ता वि.नि. श्री कपिलमणी पौडेल तथा स्रोतव्यक्ति श्री गोबिन्द प्रसाद चौलागाईलाई धन्यवाद ज्ञापन गर्दछु । अन्तमा यस योजनामा कमि कमजोरीहरुलाई औल्याई सुधारका लागि सुझाव दिन हुन विनम्र अनुरोध गर्दै यस योजना कार्यान्वय गर्न सवै पक्षबाट सहयोगको अपेक्षा राख्दछु ।

 

हाम्र्रो भनाई